सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र, भौतिक प्रगति ६८ प्रतिशत पुग्यो, सेप्टेम्बरभित्र सञ्चालनको लक्ष्य
काठमाण्डौं । सिद्धार्थ राजमार्गअन्तर्गतको अत्यन्त जोखिमपूर्ण खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाले उल्लेखनीय प्रगति हासिल गर्दै भौतिकतर्फ ६८ प्रतिशत र वित्तीयतर्फ ५८ प्रतिशत कार्य सम्पन्न गरेको छ । यो आयोजना सडक पूर्वाधार क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरी दीर्घकालीन यातायात सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।

