मनाङ हिमपहिरोमा १४ जना अझै सम्पर्कविहीन, दुई जनाको शव काठमाडौँ ल्याइयो
काठमाण्डौ । मनाङमा गएको हिमपहिरोमा परेका १४ जना अझै सम्पर्कविहीन रहेका छन् । घटनास्थलबाट फेला परेका दुई जनाको शव भने पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएको छ ।मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा टुरिस्ट कम्पनीबाट विभिन्न कामका लागि गएका २७ जनामध्ये ११ जना सम्पर्कमा आएका छन् । दुई जनाको शव फेला परेको छ भने बाँकी १४ जनासँग अझै सम्पर्क हुन...

