सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव
काठमाण्डौ। आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिठ्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाण्डौको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिठ्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।