राजु अर्यालको अवकाशपछि सशस्त्रको कमाण्ड पौडेलको हातमा
काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले नयाँ नेतृत्व पाएको छ, जहाँ नारायणदत्त पौडेलले औपचारिक रूपमा महानिरीक्षक (आईजीपी) को जिम्मेवारी सम्हालेका छन्।गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न प्रदान गर्दै नेतृत्व हस्तान्तरण प्रक्रिया सम्पन्न गरेका हुन्।मन्त्रिपरिषद्को गत सोमबारको निर्णयअनुसार अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका...

