बाढी–पहिरोले मनाङ सदरमुकाम चामे तहसनहस, जङ्गलतिर भागेर ज्यान जोगाएको स्थानीयको भनाई
काठमाण्डौ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मनाङको सदरमुकाम चामे र आसपासका क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढी बस्तीमा पसेपछि केही घर बगेका छन् भने सडक, पुल र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।स्थानीयका अनुसार बाढीले चारदेखि पाँच वटा घर बगाएको छ। बस्तीमा एक्कासि बाढी पसेपछि स्थानीयवासी राति नै घर छाडेर जङ्गल...

