‘मास्टर्नी’को प्रमोसन गीत विवादमा, तत्काल हटाउन शिक्षक महासंघको माग
काठमाण्डौ । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। गीतमा प्रयोग भएका शब्द, भाव र प्रस्तुतिले शिक्षक तथा शिक्षण पेसाको मर्यादामाथि प्रहार गरेको भन्दै महासंघले यसको प्रसारण तत्काल बन्द गर्न माग गरेको हो।महासंघको राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेदेखि...

