बालश्रम पूर्ण निषेध व्यावहारिक नहुने श्रममन्त्री यादवको तर्क, उमेरअनुसार कामको सीमा तोक्ने तयारी
काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध गर्ने कानुनी व्यवस्था मात्रै पर्याप्त र व्यावहारिक नहुने भन्दै यसको न्यूनीकरण तथा नियमनका लागि नयाँ कानुन बनाउन लागिएको बताएका छन्।बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक’ माथिको...

