सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’
काठमाण्डौ । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा उक्त सुरुङमार्गको ब्रेक थ्रु भएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको छ । प्रधानमन्त्री ओली...