चाँदी आयातमा भुक्तानीको सीमा बढाइयो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी बिनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सीमा बढाएको हो । राष्ट्र बैंकले सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक...