कोदो खेती घट्यो तर बजार बढ्दै
काठमाण्डौ । कुनै समय तेह्रथुमका गाउँबस्तीमा असारदेखि भदौको पहिलो सातासम्म कोदो रोप्ने चटारो हुन्थ्यो। खेतबारीमा पर्म र खेतलाको भरमा सामूहिक रूपमा खेती गर्ने परम्परा थियो। तर अहिले श्रमिक अभाव, युवाको बसाइँसराइ र नगदेबालीतर्फ किसानको बढ्दो आकर्षणसँगै कोदो खेतीको क्षेत्रफल क्रमशः घट्दै गएको छ।विगतमा किसानले केही रोपनीदेखि ७०–८० रोपनीसम्म जमिनमा कोदो लगाउने गर्थे।...

