काठमाडौं उपत्यकामा २४ घण्टामा २,४५८ चालक कारबाही, १९ लाखभन्दा बढी राजस्व संकलन
काठमाण्डौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४५८ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सुरक्षा र अनुशासनलाई सुदृढ बनाउन सञ्चालन गरिएको नियमित तथा विशेष अनुगमन अभियानका क्रममा ठूलो संख्यामा चालकहरूलाई कानूनी दायरामा ल्याइएको हो।

