तनहूँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण ५० प्रतिशत सम्पन्न
काठमाण्डौँ । राष्ट्रिय गौरवका ऊर्जा आयोजनामध्ये एक मानिएको तनहूँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। तनहको ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाअन्तर्गत १४० मिटर अग्लो मुख्य बाँधको निर्माण हाल ५० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ।

