टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध विमानस्थल जहाज हटाएपछि पुनः सञ्चालनमा
काठमाण्डौं । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि केही समय अवरुद्ध भएको विमानस्थलको नियमित उडान सेवा पुनः शुरु भएको छ।आज बिहान इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पांग्रामा आगलागी भएको थियो। उक्त घटनापछि विमानस्थलमा केही समयका लागि उडान तथा अवतरण सेवा रोकिएको थियो।

