दीपक भट्ट र सुलभ अग्रवालको लम्बियो हिरासत बसाइ, थप १२ दिन हिरासत राख्न अदालतको अनुमति
काठमाण्डौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको छ। उनीहरूमाथि आर्थिक कारोबारसम्बन्धी शंकास्पद गतिविधिको आधारमा विस्तृत अनुसन्धान अघि बढाइएको छ।

