भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता : ट्रक महासंघ
काठमाण्डौ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण...

