सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे
काठमाण्डौ । कसैले रेस्टुरेन्टमा खान छाडेका छन्। कसैले घरमा प्रयोग नभएका सामान बेचेका छन्। केहीले त वर्षौंदेखि जम्मा गरेको अवकाश बचत निकालेर क्रेडिट कार्डको बिल तिरेका छन्। अमेरिकामा उच्च ब्याजको ऋण बोकेका उपभोक्तामाथिको एउटा सर्वेक्षणले देखाएको साझा समस्या हो, महिनैपिच्छे किस्ता तिरे पनि साँवा घटाउन मुस्किल छ।सीबीएस न्युजले चर्चा गरेको यो सर्वेक्षण ऋण समाधान सेवा दिने...

