संविधान संशोधन तयारी तीव्र, विज्ञहरूसँग आज निर्णायक छलफल
काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले आज विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ।कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्र मामिला विशेषज्ञ तथा पूर्वप्रशासकहरूसँग परामर्श गर्दै संशोधनका सम्भावित विषयमा सुझाव संकलन गर्नेछ।

