बजेट कार्यान्वयनको बाटो खुल्यो, प्रतिनिधिसभाले गर्यो विनियोजन विधेयक पारित
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पेश गरेको ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव सदनको बहुमत समर्थनसहित स्वीकृत भएको हो।

