प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न दिँदैनौं : विपक्षी दल
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको संसद्मा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू थप आक्रामक बनेका छन्। प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी नमागेसम्म र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइएनसम्म सदनको कारबाही सहज रूपमा अघि बढ्न नदिने निर्णय विपक्षी दलहरूले गरेका छन्।

