कृत्रिम मूल्यवृद्धिविरुद्ध सरकारको कडा कदम, सोमबारदेखि देशभर विशेष बजार अनुगमन अभियान हुने
काठमाण्डौं । बजारमा बढ्दो मूल्यवृद्धि, कृत्रिम अभाव र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले देशव्यापी विशेष अनुगमन अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा सोमबारदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ शुरु गर्न लागिएको हो ।

