जर्मनीको दमदार शुरुवात, कुरासाओमाथि ७–१ को फराकिलो जीत
काठमाण्डौ । चार पटकको विश्व विजेता जर्मनीले जारी विश्वकपमा दमदार प्रदर्शन गर्दै समूह ‘ई’ को आफ्नो पहिलो खेलमा प्रभावशाली जीत दर्ता गरेको छ।अमेरिकाको ह्युस्टनमा सम्पन्न खेलमा जर्मनीले पहिलो पटक विश्वकपमा सहभागी कुरासाओलाई ७–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुआत गरेको हो।

