विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा परेको रिटमा बहस सकियो
काठमाण्डौ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई लिएर सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ । पौडेललाई गैरकानूनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमाथि बिहीबार विस्तृत बहस भएको हो।

