पुटिनले अमेरिकी विशेष दूतलाई भेटे, छिट्टै ट्रम्पलाई भेट्ने सम्भावना
काठमाण्डौ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेट गरेको जनाएको छ ।शुक्रबार बिहान मिडियासँग कुरा गर्दै पेस्कोभले भने, ‘बैठकमा रुसलाई थप जानकारी दिइएको थियो र राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी राष्ट्रपति ट्रम्पलाई दिए।’