कृषि रूपान्तरणमा सहकार्य विस्तार गर्न मन्त्री चौधरी र एफएओ निर्देशक याङबीच छलफल
काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)की निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता भएको छ।मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालको खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको हो।

