धुन्चेमा भन्सार सिल तोडेर ल्याइँदै गरेको ४३६ थान भेप बरामद
काठमाण्डौं । धुन्चे क्षेत्रमा प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा ठूलो मात्रामा अवैध विद्युतीय चुरोट (भेप) फेला पारेको छ । पछिल्लो घटनाले जसले सीमा नाकाबाट हुने अवैध कारोबार फेरि सतहमा ल्याएको छ।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भन्सारबाट सिल गरिएको ट्रक जाँच्ने क्रममा लुकाइछिपाइ ल्याइएको भेप बरामद गरिएको हो।

