BANKING

महालक्ष्मी बन्यो भिसा थ्रीडी कार्ड प्रदान गर्ने पहिलो विकास बैंक

काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम महालक्ष्मी विकास बैंकले डलर तथा एन.पी.आर कार्डहरुमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।