काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ ।
उक्त पुनर्जागरण अभियान यही पुस १ गते देखी २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कुनै पनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्नपर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बीमाको दायरा भित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको कम्पनीले जनाएको छ ।