मंगलवार, बैशाख ९,२०८२ 05:51:34
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 05:51:34
IME remit
Global IME Bank Limited

भिजन लुम्बिनी उर्जाको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
भिजन लुम्बिनी उर्जाको सेयर भाउ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी नेप्सेमा सूचीकृत जलविद्युत कम्पनी हो । हाल यस कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेतीनदीमा देशका विभिन्न स्थानका एक हजार बढी लगानीकर्ताहरुको सामुहिक लगानीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यो आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमुना आयोजना बनेको कम्पनीले दाबी गरेको छ ।

कम्पनीको  निर्माणाधीन आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ र यसको अलावा वडा नं. १,३,४ र पोखरा महानगरपालिकाको वडा नं. १९ को केहि भागमा रहेको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आधारभूत पक्षः  

गत आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६८ करोड ४५ लाख ३१ हजार रुपैयाँ रहेको छ । योसँगै कम्पनीको कुल पूँजी २ अर्ब ५९ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा १ करोड  १२ लाख ९० हजार रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ८४ प्रतिशतल कम हो । कम्पनीको प्रतिसेयर आम्दानी २.३६ प्रतिशत , बुक भ्यालु १३५.७९ र रिर्टन अन इक्विटी १.७४ प्रतिशत रहेको छ । 

Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ७८१ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४०१ रुपैयाँ रुहेको छ । हाल दोस्रो बजारमा यो कम्पनीको.अन्तिम मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको छ । कम्पनीको ८० प्रतिशत संस्थापक र बाँकी सर्वसाधारण समूहको रहेको छ । यस कम्पनीको सेयर ब्रोकर नम्बर ७७, ६५ र १७ मा उच्च होल्डिङ रहेको छ । 

 

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आाधारमा यो कम्पनी हाल मध्य ब्याण्ड र अपर ब्याण्डको बिचमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयर मूल्य साइड वेज चलेको भन्ने हो । म्याक्डीमा केही समय पहिले बनेको बुलिस क्रस ओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक रहेका छन् । आरएसआईले न्यूट्रल जोनमा ‘एम ’ आकार  बनाएको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर मूल्य हाल अप ट्रेन्डमा नै देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ७९६

प्रतिरोध २ – ७५९

प्रतिरोध १–  ७३७

पिभट् प्वइन्टः ६९४

घटेमा सपोर्ट  

सपोर्ट १– ६६६

सपोर्ट २– ६२४

सपोर्ट  ३ –६०१

निष्कर्षः भिजन लुम्बिनी उर्जा कम्पनी आधारभूत रुपमा राम्रै देखिन्छ । कम्पनीको जगेडा कोष र बुक भ्यालु सामान्य रुपमा बढ्दो अवस्थामा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा भने ८४ प्रतिशतको गिरावट आएको छ । त्यसैगरि, प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटीमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतको गिरावट आएको छ ।  

कम्पनीले २५ मेगावाटको सेति नदी परियोजनामा बन्दै गर्दा ‘नर्मल पे ब्याक पिरियड’ साढे सात वर्ष देखिन्छ । प्राविधिक रुपमा यो कम्पनी पनि फियर एण्ड ग्रिड इन्डेक्समा  बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । मुभिङ एभरेजबाट नियाल्दा कम्पनीको सेयर भाउ ५० दिने मुभिङ एभरेज भन्दा माथि नै चलको देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्समा पनि बुलिस सेन्टिेमन्टमा चलेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.