काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाको पुस ४ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रदान नगर्ने निर्णय गरेको छ ।
उक्त बैठकले आव २०८०/८१ को वित्तीय विवरणअनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
उक्त विवरण राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।