काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले आव २०८०/८१ को लेखापरीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।