काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २४ करोड ५२ लाखको खरिद भएको छ भने २० करोड ९२ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको इम्पेरियलबाट १७ करोड ६६ लाखको खरिद भएको छ भने १४ करोड ९० लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको अनलाइन सेक्य्रूरिटिजबाट १४ करोड १४ लाखको खरिद भएको छ भने १७ करोड ९८ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १९ करोड ६० लाखको खरिद भएको छ भने १२ करोड ११ लाखको खरिद भएको छ ।
पाँचौ स्थानमा रहेको श्रीहरी सेक्यूरिटिजबाट १३ करोड २७ लाखको खरिद भएको छ भने १६ करोड ७८ लाखको बिक्री भएको छ ।
छैटौ स्थानमा रहेको क्यापिटल म्याक्सबाट १७ करोड ६१ लाखको खरिद भएको छ भने ११ करोडको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १३ करोड ३८ लाखको खरिद भएको छ भने १४ करोड ९९ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको लिञ्च सेक्युरिटिजबाट १५ करोडको खरिद हुँदा ११ करोड ३० लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट १३ करोड १२ लाखको खरिद भएको छ भने ११ करोड ९४ लाखको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको सेयर प्रो सेक्यूरिटिजबाट ११ करोड ४४ लाखको खरिद भएको छ भने १० करोड २९ लाखको बिक्री भएको छ ।