बुधबार, श्रावण ६,२०८३ 02:36:39
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 02:36:39
Bizshala
Global IME Bank Limited

एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न

एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न
New Office

काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त सभा गभर्नर  महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष,एनसीएचलका पूर्व अध्यक्षहरु तथा निवर्तमान सञ्चालकहरु, वर्तमान अध्यक्षहरु र सञ्चालकहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी मनाएको छ ।  

कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ प्रतिनिधिहरु,अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका पदाधिकरीहरु, बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएसओका प्रमुखहरुलगायत अन्य पदाधिकरीहरुको पनि विशेष उपस्थिती रहेको थियो ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले यस वर्ष कम्पनीमा आफ्नो १० वर्ष पूरा गर्नु भएका तीन कर्मचारीहरूलाई कम्पनीप्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, प्रोडक्ट लीड विष्णु प्रसाद धिताल तथा इन्चार्ज कार्ड अपरेसन्स –वन्दना लुइँटेल रहेका छन् ।    

एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढि कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ । वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआईसी एशिया बैंक, गरिमा विकास बैंक र आइसीएफसी फाइनान्सलाई ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी, ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्’ तथा ‘एक्सिलेन्स इन मोबाइल बैंकिङ तथा अल्टरनेट च्यानल’ अवार्डबाट सम्मानित गरिएको थियो । नबिल बैंक ‘एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटपे’अवार्ड प्राप्त गर्न सफल भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.