बुधबार, माघ २३,२०८१ 06:48:11
IME remit
  • बुधबार, माघ २३,२०८१ 06:48:11
IME remit
Global IME Bank Limited

जीवन बीमकहरुले १३.६४% ले बढाए नयाँ व्यवसाय, आइएमई र सन नेपाल लाइफको खस्कियो

Hyundai Nepal
जीवन बीमकहरुले १३.६४% ले बढाए नयाँ व्यवसाय, आइएमई र सन नेपाल लाइफको खस्कियो
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय १३.६४ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ५ महिनासम्ममा जीवन बीमकहरुले १२ अर्ब ४७ करोड १ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।

यो जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन भने वैदेशिक रोजगार बीमालेख बाहेकको हो ।  

गत आवको सोही अवधिसम्म भने जीवन बीमकहरुले १० अर्ब ९७ करोड ३२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । यस हिसाबमा गत आवको तुलनामा जीवन बीमकहरुले नयाँ व्यवसाय बढाउन सफल भएका छन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

देशको अर्थतन्त्रमा सुधार देखिएसँगै जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाएका छन् । बन्द भएका उद्योग तथा व्यवसायहरु विस्तारै चलायमान हुनु र रोजगारीको अवसर विस्तार हुँदै जाँदा जीवन बीमकहरुको नयाँ व्यवसाय बढ्नमा टेवा पुगेको हो ।  

यस अवधिसम्म आइपुग्दा आइएमई लाइफ र सन नेपाल लाइफ बाहेक सबै कम्पनीले नयाँ व्यवसाय गत आवको तुलनामा उल्लेख्य बढाउन सफल भएका छन् ।  

मंसिर महिनासम्ममा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ३ अर्ब २१ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २४.०४ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा नेपाल लाइफले २ अर्ब ५८ करोड रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियम संकलन गरेको थियो ।  

त्यस्तै, नेशनल लाइफले पनि गत आवको तुलनामा १५६.५६ प्रतिशत नयाँ व्यवसाय बढाएको छ । गत आवको मंसिर महिनासम्म १ अर्ब ६१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको यो कम्पनीले यस अवधिसम्म १ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।  

यसका साथै एलआइसी नेपालले १ अर्ब २ करोड, हिमालयन लाइफले ९४ करोड २ लाख, सुर्यज्योति लाइफले ९२ करोड ६४ लाख, सिटिजन लाइफले ७० करोड, एशियन लाइफले ५८ करोड ४० लाख, सानिमा रिलायन्स लाइफले ५८ करोड ३५ लाख, मेट लाइफले ५० करोड ४७ लाख, रिलायबल नेपाल लाइफले ४८ करोड ९३ लाख, प्रभु महालक्ष्मी लाइफले ४३ करोड ५ लाख, आइएमई लाइफले ४२ करोड ८ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४१ करोड ४६ लाख र सन नेपाल लाइफले ३४ करोड ८९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।  

Muktinath Bikas Bank Limited

नयाँ व्यवसाय कुनको कति बढ्यो ?  

आइएमई लाइफ र सन नेपाल लाइफ बाहेक सबै कम्पनीले नयाँ व्यवसाय उल्लेख्य बढाएका छन् । सर्वाधिक राष्ट्रिय जीवन बीमा कम्पनीले ४६.८० प्रतिशतले नयाँ व्यवसाय बढाएको छ ।  

गत आवको मंसिर महिनासम्म २८ करोड २४ लाख रुपैयाँ मात्रै प्रथम बीमाशुल्क संकलन गरेको यस कम्पनीले चालु आवको यस अवधिसम्म ४१ करोड ४६ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसाय २८।४० प्रतिशत बृद्धि भएको छ । गत आवको ५ महिनासम्म ३३ करोड ५३ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियम संकलन भएकोमा यस अवधिसम्म ४३ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ ।  

यसका साथै एलआइसी नेपालको २७.१९ प्रतिशत, नेपाल लाइफको २४.४ प्रतिशत, सूर्यज्योति लाइफको १७.७८ प्रतिशत, नेशनल लाइफको १६.५६ प्रतिशत, हिमालयन लाइफको १५.९० प्रतिशत, सिटिजन लाइफको ११.८१ प्रतिशत, मेट लाइफको ५.०७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.६३ प्रतिशत, एशियन लाइफको ३.३५ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.७० प्रतिशतले नयाँ व्यवसाय बढेको छ ।  

यता आइएमई लाइफको भने १६.०५ प्रतिशतले नयाँ व्यवसाय घटेको छ । साथै सन नेपाल लाइफको पनि ३३.४६ प्रतिशतले नयाँ व्यवसाय घटेको छ ।

 

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.