जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु. ७६.९० अर्ब बीमाशुल्क, नेपाल लाइफले मात्रै २१%
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले करिब ७७ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ बीमा कम्पनीले चालु आवको ५ महिनासम्ममा ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा १६.९० प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म जीवन बीमकहरुले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबारको...

