बुधबार, माघ २३,२०८१ 12:34:16
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:34:16
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले उठाए झण्डै एक खर्ब प्रिमियम, नेपाल लाइफले मात्रै २६%

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुले उठाए झण्डै एक खर्ब प्रिमियम, नेपाल लाइफले मात्रै २६%
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनासम्ममा झण्डै एक खर्ब बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको फागुन मसान्तसम्ममा ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

कम्पनीहरुले यस अवधिसम्म आर्जन गरेको बीमा शुल्क अर्थात व्यवसाय गत आवको यसै अवधिसम्मको तुलनामा ५.१२ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ७२ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।  

अधिकांश कम्पनीले गत आवको तुलनामा व्यवसाय बढाएका छन् । गत वर्षको यस अवधिसम्म देशमा चरम आर्थिक संकटका कारण भनेजस्तो व्यवसाय बढ्न नसकेको बीमा कम्पनीका सीईओहरु बताउँछन् । ‘विस्तारै देशको आर्थिक अवस्था सुधारिँदै गइरहेको छ, उद्योग तथा कलकारखानाहरु सञ्चालनमा आउन थालेका छन्, रोजगारीको अवसर सिर्जना हुँदै गइरहेको छ’ जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले भने, ‘आर्थिक अवस्था उकास्ने स्रोतहरु धमाधम सञ्चालनमा आएपछि अब विस्तारै बीमा क्षेत्रको अवस्था पनि सुधारिंदै जानेछ ।’

चालु आवको फागुन महिनासम्ममा दुईवटा कम्पनीको व्यवसाय मात्रै घटेको देखिन्छ, भने १२ वटा कम्पनीले व्यवसाय उल्लेख्य रुपमा वृद्धि गरेका छन् ।  

सबैभन्दा बढी व्यवसाय भित्र्याउने वा बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनी एक्लैले २६ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अर्थात १४ जीवन बीमा कम्पनीले भित्र्याएको कुल व्यवसायको २६.६९ प्रतिशत व्यवसाय नेपाल लाइफले मात्रै भित्र्याएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै दोस्रोमा एलआइसी नेपालले ११ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने तेस्रोमा नेशनल सुयलाइफले ११ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । एलआइसी नेपाल र नेशनल लाइफ व्यवसायमा टक्कर देखिएको छ ।  

यसका साथै हिमालयन लाइफले पनि एलआइसी नेपाल र नेशनल लाइफलाइ पच्छ्याउँदै ११ अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलन गरेर चौथो स्थान कायम गरेको छ ।  

त्यस्तै, सुर्यज्योति लाइफले ५ अर्ब ७० करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब २३ करोड, एशियन लाइफले ५ अर्ब १५ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड, सिटिजन लाइफले ३ अर्ब ७२ करोड, मेट लाइफले ३ अर्ब ६३ करोड, सन नेपाल लाइफले २ अर्ब ४७ करोड, आइएमई लाइफले २ अर्ब ८२ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७१ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले २ अर्ब ६३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

वृद्धिदरमा को अघि ?

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय भित्र्याउन नेशनल लाइफ अब्बल देखिएको छ । नेशनल लाइफले गत आवको तुलनामा बीमा शुल्क आर्जन १३.१० प्रतिशतले बढाउन सफल भएको छ ।  

त्यस्तै, दोस्रोमा एशियन लाइफले १२.३८ प्रतिशत र तेस्रोमा प्रभु महालक्ष्मी लाइफले १२.३६ प्रतिशतले व्यवसाय बढाएका छन् । यसका साथै रिलायबल नेपाल लाइफले ११.६५ प्रतिशत, हिमालयन लाइफले १०.३४ प्रतिशत, नेपाल लाइफले ७.८८ प्रतिशत, आइएमई लाइफले ७।७६ प्रतिशत, मेट लाइफले ७.१७ प्रतिशत, सिटिजन लाइफले ४.३५ प्रतिशत, सुर्यज्योति लाइफले ४.०१ प्रतिशत, सानिमा रिलायन्स लाइफले १.९७ प्रतिशत र एलआइसी नेपालले ०.६९ प्रतिशतले व्यवसाय बढाएका छन् ।  

त्यस्तै, दुई जीवन बीमा कम्पनीको व्यवसाय भने खस्किएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको २२.३७ प्रतिशत र सन नेपाल लाइफको ४.४२ प्रतिशतले व्यवसाय घटेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.