बुधबार, माघ २३,२०८१ 06:56:04
IME remit
  • बुधबार, माघ २३,२०८१ 06:56:04
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ३१% ले वृद्धि, कुनको कति बढ्यो ?

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ३१% ले वृद्धि, कुनको कति बढ्यो ?
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ३१ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दुई महिनामै ५ अर्ब १२ करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।  

यो बीमा शुल्क गत आवको सोही अवधिसम्मको तुलनामा ३१।८४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुको नयााँ व्यवसायमार्फत ३ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन भएको थियो ।  

गत आवको तुलनामा आइएमई लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीको नयाँ व्यवसाय उल्लेख्य बृद्धि भएको देखिएको छ । सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ व्यवसाय उल्लेख्य बृद्धि भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

भदौ मसान्तसम्म नयाँ व्यवसायमार्फत सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २८ करोड ५८ लाख रुपैयााँ प्रिमियम संकलन गरेको छ । जुन यो गत आवको तुलनामा ३०.०१ प्रतिशतले बढी हो ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले ७४ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने हिमालयन लाइफ इन्स्योरेन्सले ४४ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ ।  

यसका साथै सुर्यज्योति लाइफले ४० करोड १२ लाख, एलआइसी नेपालले ३६ करोड १७ लाख, सिटिजन लाइफले ३४ करोड १६ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ३२ करोड ९५ लाख, मेट लाइफले २१ करोड ४८ लाख, एशियन लाइफले २० करोड ८७ लाख, सानिमा रिलायन्स लाइफले २० करोड ३३ लाख, रिलायबल नेपाल लाइफले १८ करोड ७२ लाख, प्रभु महालक्ष्मी लाइफले १५ करोड ४६ लाख, आइएमई लाइफले १४ करोड ४९ लाख र सन नेपाल लाइफले १० करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।  

Muktinath Bikas Bank Limited

गत आवको तुलनामा सर्वाधिक नयाँ व्यवसाय ग्रोथ गर्नेमा भने राष्ट्रिय जीवन बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले ३२८.७७ प्रतिशतले नयाँ व्यवसाय बृद्धि गरेको छ ।  

त्यस्तै, नेशनल लाइफले ४२.७४ प्रतिशत, सिटिजन लाइफले ३६.१५ प्रतिशत, हिमालयन लाइफले ३३.४१ प्रशित, सुर्यज्योति लाइफले ३३.१७ प्रतिशत, नेपाल लाइफले ३०.०१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले २४.३८ प्रतिशत, एशियन लाइफले २१.५२ प्रतिशत, सानिमा रिलायन्स लाइफले २०.८२ प्रतिशत, एलआइसी नेपालले १३.७१ प्रतिशत, सन नेपाल लाइफले ६.९१ प्रतिशत, मेटल लाइफले ६.१७ प्रतिशत र रिलायबल नेपाल लाइफले ३.७८ प्रतिशतले व्यवसाय बढेको छ ।  

आइएमई लाइफ इन्स्योरेन्सको भने गत आवको तुलनामा प्रथम बीमाशुल्क आर्जन ५.५० प्रतिशतले घटेको छ । गत आवमा १५ करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको यस कम्पनीले चालु आवमा १४ करोड ४९ लाख रुपैयाँ मात्रै प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.