शुक्रबार, भाद्र १९,२०८३ 12:49:09
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 12:49:09
Bizshala
Global IME Bank Limited

एओजी एक्स कल्टद्वारा तेस्रो ‘ओभर नाइट राइड’ सम्पन्न

एओजी एक्स कल्टद्वारा तेस्रो ‘ओभर नाइट राइड’ सम्पन्न
New Office

काठमाण्डौ । एओजी एक्स कल्टद्वारा आयोजित तेस्रो ओभर नाइट राइड सफलतापूर्वक सम्पन्न भएको छ । यात्राको आयोजना पुस ५ र ६ गते गरिएको थियो । राइडअन्तर्गत सहभागीहरुले काठमाण्डौदेखि भोटेकोशी गाउँपालिका, पाङलाङ, सिन्धुपाल्चोकको ‘द लास्ट रिसोर्ट’ सम्म २५० किलोमिटरको राउण्ड ट्रिप यात्रा गरेका थिए ।

यो कार्यक्रममा उत्साही बाइकर्स तथा रोमाञ्चक यात्रा मनपराउनेहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रम मार्फत आयोजकले सहभागीहरुलाई रोमाञ्चक यात्राको अनुभवका साथै, सामाजिक उत्तरदायित्वको संयोजन गर्ने साझा उद्देश्य बोकेका थिए ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

‘राइड फर चेन्ज’ पहलअन्तर्गत, समूहले भिमसेन माध्यमिक विद्यालयको भ्रमण गरेका थिए । भिमसेन मावि एक दुर्गम विद्यालय हो । यहाँ १ सय ३५ जना विद्यार्थी अध्ययनरत छन् । ती मध्ये आर्थिक रूपमा कमजोर परिवारका ३२ जना विद्यार्थीहरू छात्रावासमा बास गर्छन् । यात्रामा सहभागीहरूले विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने आवश्यक सामग्रीहरु वितरण गरेको आयोजकले बताएको छ । यो उदार कार्यले एओजी एक्स कल्टको नेपाली समुदायमा सकारात्मक परिवर्तन ल्याउने अटल प्रतिबद्धतालाई उजागर गरेको छ ।

यात्राको एक प्रमुख रोमाञ्चक आकर्षण, द लास्ट रिसोर्टमा समेटिएको आयोजकले जानकारी दिएको छ । त्यहाँ सहभागीहरूले बञ्जी जम्पिङ गर्ने रोमाञ्चक अवसर पाएका थिए । बञ्जी अनुभव संगाल्ने अधिकांशले पहिलोपटक यो रोमाञ्चक अनुभवमा लिएका थिए । रोमाञ्चक साहसिक गतिविधि र सीएसआर  योगदानहरूको मिश्रणले यो यात्रा अविस्मरणीय र प्रभावकारी बनाएको कम्पनीले जनाएको छ ।

एओजी एक्स कल्टले उद्देश्यपूर्ण यात्राको नयाँ परिभाषा स्थापित गर्न सघाएको आयोजकको भनाइ छ । यसले बाइकर्सलाई नेपालको प्राकृतिक सौन्दर्य अन्वेषण गर्न प्रेरित गर्नुका साथै आवश्यकतामा रहेका नेपाली जनतालाई सहयोग गर्ने उद्देश्य राखेको छ । यस्ता  पहलहरूको माध्यमबाट, समूहले जोश, उत्साह र सामाजिक उत्तरदायित्वबाट प्रेरित एकजुट समुदाय निर्माण गर्ने लक्ष्य बताए ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.