मंगलवार, बैशाख ८,२०८३ 10:42:30
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 10:42:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्माण उद्योगको समस्याबारे देउवालाई ब्रिफिङ, माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता

Bizshala
निर्माण उद्योगको समस्याबारे देउवालाई ब्रिफिङ, माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । नेपाल निर्माण व्यवसायीमहासंघको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी निर्माण उद्योगका समसामयीक समस्याहरू समेटिएको १४ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सभापति देउवा समक्ष निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको, सिमेन्ट रड लगायतका निर्माण सामाग्रीहरुमा कालोबजारी गर्दै चर्को मूल्य वृद्धि गरिएको लगायतका समस्याबारे जानकारी गराएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विभिन्न कारणले रुग्ण रहेको आयोजनाहरूको खारेजी, विगतका सहमतिको अक्षरस कार्यान्वयन, पूर्वाधारमैत्री ऐन कानून, लो बिडको निरुत्साहन, निर्माण सामाग्रीको सहज उपलब्धता, महालेखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायको ज्यादती, इन्सुरेन्सको समस्या निर्माण आयोग गठनलगायतका विषयमा पनि सभापति देउवाको ध्यानाकर्षण गराइएको महासंघका नीतिगत उपमहा सचिव एवं प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए । जवाफमा सभापति देउवाले निर्माण उद्योगीका जायज माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।  

CG Motors
Garima Development Bank
IME remit

राष्ट्रिय भेलाबाट पारित १४ बुँदे माग अघि सार्दै महासंघले ती मागहरू पूरा गर्नका लागि सरकारलाई माघ १५ सम्मको अल्टिमेटम दिएको छ । माग पूरा नभएको खण्डमा महासंघले माघ १८ बाट सडक आन्दोलन गर्ने गरी कार्यक्रमहरू सार्वजनिक गरिसकेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.