बुधबार, बैशाख १६,२०८३ 01:07:36
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 01:07:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

Bizshala
सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको  विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् ।  प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बईस्थित भारतीय बीमा संस्थानमा   माघ ७ गते देखि ९ गतेसम्म सञ्चालन हुनेछ ।  

भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो । यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ । यसले भारत र भारत बाहिरका बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरुको सीप र ज्ञान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस ३ दिने कार्यक्रममा बीमामा आबद्ध कर्मचारीहरूको लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन् । जसअन्तर्गत बजार प्रवद्र्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सहभागीहरू प्रस्थान गर्नु अगाडी  बिदाई कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले  प्रशिक्षणका लागि  छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिँदै यस प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्याउने हुँदा कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गर्दै यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने बताए ।  

CG Motors
Garima Development Bank
IME remit

साथै, आफूले सिकेका ज्ञानबद्र्धक कुराहरू अन्य कर्मचारीहरूसंग साटासाट गर्न निर्देश दिए । प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X