काठमाण्डौ । आज कारोबारको दोस्रो दिन सेयर बजारमा ६ अर्ब ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आजको शीर्ष १० ब्रोकरमा ४ वटा ब्रोकरबाट उच्च खरिद कारोबार भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।
आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३४ करोड २२ लाख बढीको खरिद भएको छ भने ३२ करोड २५ लाख बढीको बिक्री भएको छ ।
यस्तै दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्स सेक्युरिटिजबाट २८ करोड ९१ लाख बढीको खरिद र २८ करोड ४४ लाख बढीको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २० करोड ५३ लाख बढीको खरिद र २९ करोड ७ लाख बढीको बिक्री भएको छ ।
चौथो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट २३ करोड ७३ लाख बढीको खरिद र २४ करोड ५१ लाख बढीको बिक्री भएको छ ।
पाँचौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट अनलाइन सेक्युरिटिजबाट २१ करोड ५१ लाख बढीको खरिद र २८ करोड ८८ लाख बढीको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको सनि सेक्युरिटजबाट २१ करोड ८१ लाख बढीको खरिद र २१ करोड ७९ लाख बढीको बिक्री भएको छ ।
सातौं स्थानमा रहेको श्रीहरी सेक्युरिटिजबाट १५ करोड ४७ लाख बढीको खरिद र १९ करोड २६ लाख बढीको बिक्री भएको छ ।
आठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १५ करोड २९ लाख बढीको खरिद र १६ करोड २७ लाख बढीको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको दिपशिखा धितोपत्रबाट १४ करोड ४० लाख बढीको खरिद र १६ करोड ८४ लाख बढीको बिक्री भएको छ ।
दशौं स्थानमा रहेको १५ करोड ३ लाख बढीको खरिद र १४ करोड ६५ लाख बढीको बिक्री भएको छ ।