काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड घाटा कम गर्न सफल भएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ७२.८२ प्रतिशतले घाटा कम गरेको हो ।
यससँगै समीक्षा अवधिसम्म संस्थाको घाटा १ करोड ८ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको घाटा ३ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ४१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा १ करोड २ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाले सम्भावित घाटाका लागि ८ करोड ७६ लाख रुपैयाँको व्यवस्था गरेको छ । १७ करोड ८ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिजर्भ कोषमा १ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
यस्तै संस्थाको निक्षेप ६२ करोड ४७ लाख र कर्जा प्रवाह १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यो अवधिमा संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १४.६५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.८९ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएसं)१२.७३ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०७.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २५५.३२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १३३.४० गुणा र तरलता अनुपात २३.८८ प्रतिशत कायम रहेको छ ।