बुधबार, आश्विन २८,२०८३ 07:03:13
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 07:03:13
Bizshala
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउँदै

Bizshala
गार्डियन माइक्रो लाइफको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउँदै
New Office

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । गत बिहिबार कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउन लागेको हो ।  

नेप्से र गार्डियन माइक्रो लाइफबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीले सर्वसाधारणसमक्ष कुमारी क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत पुस १९ गतेदेखि २४ गतेसम्म साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।  

यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता ९३० प्रतिशत० र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत)सेयर (धितोपत्र) समेत गरी जम्मा ७५ लाख कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम माघ २३ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘जीएमएलआई’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.३२ रुपैयाँ र ३०१.०२ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.