बिहीबार, आश्विन १,२०८३ 09:33:42
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:33:42
Bizshala
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफको बीमाशुल्क आर्जन र नाफामा सामान्य सुधार

सानिमा रिलायन्स लाइफको बीमाशुल्क आर्जन र नाफामा सामान्य सुधार
New Office

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र नाफामा सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

बीमाशुल्क आर्जन बढेसँगै कम्पनीको नाफामा समेत सामान्य सुधार आएको छ । कम्पनीको खुद नाफा ५.४४ प्रतिशतले बढ्दै २३ करोड १६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ३ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।  

दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको कुल खर्च ३ अर्ब १८ करोडबाट बढेर ३ अर्ब ८८ करोड पुगेको छ ।  

यस्तै कम्पनीको महाविपत्ती कोषको आकार १३ करोड ४३ लाख र रिटेन्ड अर्निङको ५० करोड ८४ लाख रुपैयाँ रहेको छ ।  

Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४७९.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४४.४७ गुणा कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.