आईतवार, असार १४,२०८३ 02:21:38
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:21:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

त्रिशुली जलविद्युत ८०.११ लाख घाटामा, रिटेन्ड अर्निङ पनि २२.६१ करोड ऋणात्मक

Laxmi Sunrise Bank Limited
त्रिशुली जलविद्युत ८०.११ लाख घाटामा, रिटेन्ड अर्निङ पनि २२.६१ करोड ऋणात्मक

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म ८० लाख ११ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी १ करोड ८६ लाख रुपैयाँ घाटामै रहेको थियो ।  

कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीले १ करोड २३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कर्मचारी खर्च १ करोड २३ लाख रुपैयाँ र प्रशासनिक तथा सामान्य खर्च ६३ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च २ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो आवमा कम्पनीको कुल खर्च १ करोड ९० लाख रुपैयाँ रहेको थियो ।  

यो अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङको आकार २२ करोड ६१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड र कुल चालु दायित्व १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ०.४५ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८७.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३०४.१८ गुणा ऋणात्मक अवस्थामा छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.