मंगलवार, श्रावण १९,२०८३ 04:35:53
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:35:53
Bizshala
Global IME Bank Limited

आम्दानी बढेसँगै ६८९.२३% ले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

आम्दानी बढेसँगै ६८९.२३% ले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा
New Office

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म २४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको तुलनामा ६८९.२३ प्रतिशतले बढी हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको आम्दानी पनि बढेको छ । कम्पनीले बिक्रीमार्फत ३ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.९४ प्रतिशतले बढी हो । कम्पनीले ७ करोड १८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिमा कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवमा ४२ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ४१ करोड ७६ लाखमा सीमित बनेको छ ।  

कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९७ करोड र कुल चालु दायित्व ४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.७० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८६.६६ रुपैयाँ,प्रतिसेयर  कुल सम्पत्तिको मूल्य २९५.२० रुपैयाँ र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.