सोमबार, भाद्र ९,२०८२ 09:01:39
  • सोमबार, भाद्र ९,२०८२ 09:01:39
Global IME Bank Limited

एक्स्पेङ मोटर्सले अनुसन्धान र विकासका लागि ९ अर्ब युआन लगानी गर्ने

Hyundai Nepal
एक्स्पेङ मोटर्सले अनुसन्धान र विकासका लागि ९ अर्ब युआन लगानी गर्ने
Shivam Cement

काठमाण्डौ । प्रमुख चिनियाँ स्मार्ट ईभी निर्माता कम्पनी एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब युआनभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ।  

एक्स्पेङको अनुसन्धान र विकास रणनीतिको प्रमुख विशेषता आफ्नै सेमिकन्डक्टर चिपहरूको विकास र उत्पादन हो। चिप उत्पादनलाई स्वदेशी बनाउँदै, कम्पनीले आफ्नो आपूर्ति श्रृंखला अनुकूलन गर्ने, सवारी साधनको प्रदर्शन सुधार गर्ने, र स्मार्ट ड्राइभिङ प्रविधिमा आफ्नो नेतृत्वलाई मजबुत बनाउने लक्ष्य राखेको छ। कम्पनीले आफ्नो उच्च–प्रदर्शनको क्षमतायुक्त ट्यूरिङ चिपको व्यापक उत्पादन गर्ने योजना बनाएको छ । जुन गाडी, उड्ने सवारी साधन, र रोबोटहरूमा लागू गर्न सकिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसलगायत एक्स्पेङले सेल्फ ड्राइभिङ प्रविधिमा नेतृत्व कायम राख्दै एल ३ स्तरको सेल्फ ड्राइभिङ क्षमता आफ्ना सवारी साधनहरूमा समावेश गर्ने योजना बनाएको छ। अध्यक्ष र सीईओ, ह स्याओपेंगका अनुसार, यो प्रविधिले चालक सहायता प्रणालीलाई सुधार गर्नेछ । यसका साथै सडक सुरक्षालाई वृद्धि गर्नेछ, र एक्स्पेङलाई स्मार्ट यातायातमा अग्रिम श्रेणिमा स्थापित गर्ने जनाइएको छ।  

एक्स्पेङले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै २०२४ मा १ लाख ९० हजार ६८ युनिट गाडी बिक्री गरेको छ र हालै फिनल्यान्ड बजारमा पनि प्रवेश गरेको छ। कम्पनीले २०२५ मा ६० भन्दा बढी देशहरूमा विस्तार गर्ने योजना बनाएको छ । जसले यसको विश्वव्यापी उपस्थिति अझ बलियो बनाउने कम्पनीको विश्वास छ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.