काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ।
संसद सचिवालयका अनुसार बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सामान्य छलफलका लागि संसदमा पेस गर्ने कार्यसूची समेत रहेको छ ।
यस्तै वन तथा वातावरण मन्त्रि ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन माथि सामान्य छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।