बिहीबार, असार ३२,२०८३ 03:13:32
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 03:13:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्भ.ईभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मुल्य रु. ५६.९९ लाख

Laxmi Sunrise Bank Limited
कर्भ.ईभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मुल्य रु. ५६.९९ लाख

काठमाण्डौ । भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा इभीको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले कर्भ इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । राजधानीमा आयोजित ‘टाटा ईभीः चार्जड फर द फ्युचर’ कार्यक्रममा सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटामोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खण्डेलवालले कर्भ इभी सार्वजनिक गरेका हुन्।  टाटा कर्भ ईभीको टप भेरिएन्टको मूल्य रु.५६.९९ लाख रहेको छ । सोहि कार्यक्रममा कर्भ ईभीको साथै टाटाका नयाँ गाडीहरु नेक्सन केथ्री इभी र टियागो इभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरेको छ ।        

कार्यक्रमलाई सम्बोधन गर्दै टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यशखण्डेलवालले भने, ‘टाटा ईभीः चार्जड फर द फ्युचरले नेपालको समग्र ईभीको सिस्टमलाई सबल र सुदृढ गर्ने प्रति टाटाको प्रतिवद्धतालाई पुनः पुष्टि गर्ने कम्पनीले जनाएको छ। हाम्रो उद्देश्य भनेको नयाँ र गुणस्तरयुक्त उत्पादनमार्फत समग्र नेपाली यातायात प्रणालीको विद्युतीकरणको दिशामा सकारात्मक योगदान गर्नु हो। नेपालमा कर्भ इभीको प्रवेशसँगै विशिष्ट प्रकारको अत्याधुनिक एसयूभी कुपे डिजाइनको सुरुवात भएको छ। प्रभावकारी रेन्ज र नयाँ प्रविधिले सम्पन्न यस गाडीले नेपाली अटो बजारमा ‘प्रिमियम मोबिलिटी’ लाई साँच्चै सम्भव बनाएको छ।’      

New Office
CG Motors
Garima Development Bank

त्यस्तैगरी , सिप्रदी ट्रेडिंगका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठलेभने, ‘हामी नेपालमा कर्भ र्इभी टप भेरिएन्ट भित्र्याउन पाउँदा अत्यन्त उत्साहित छौं।कर्भ इभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर,उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपाली  बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजइमा पर्नेमा हामी ढुक्क छौ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कर्भ इभी टप भेरिएन्टको विशेषताहरूः

कर्भ ईभी टप भेरिएन्ट टाटा इभीको उन्नत पियोर इभी आर्किटेक्चर – एक्टी।इभीमा आधारित छ।यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ। ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ। नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेञ्ज पाउन सकिन्छ। यसमा एडिएसलेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल –ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ–भीबीएससहितको इएसपी रहेको कर्भ ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ।गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमा टिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, मल्टि(मूड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन्।

यस एसयुभीमा सरल र सहज चार्जिंगको  लागि  घरको भित्तामा जडान गर्न मिल्ने  ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा छ । जसबाट  १० ८० प्रतिशत चार्ज मात्र ४०  मिनेटमा पूरा गर्न सकिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.