काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नवनियुक्त अध्यक्ष नन्द कुमार महर्जनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । महर्जनले फागुन १२ गते बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ को दफा १२७ बमोजिम नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
संस्थाको गत फागुन ६ गते सम्पन्न साधारण सभाबाट निर्वाचित भएका महर्जन फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए ।