बुधबार, असार १७,२०८३ 01:09:37
Bizshala
  • बुधबार, असार १७,२०८३ 01:09:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्यापिटल म्याक्स सेक्युरिटीजद्वारा पोखरामा शाखा विस्तार

Laxmi Sunrise Bank Limited
क्यापिटल म्याक्स सेक्युरिटीजद्वारा पोखरामा शाखा विस्तार

काठमाण्डौ । क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरामा रहेका ग्राहकहरुलाई थप सुविधा होस् भन्ने उद्देश्यका साथ ब्रोकर नम्बर ६२ ले पोखराको न्युरोडमा शाखा विस्तार गरेको हो ।

क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रुपमा सेवा सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।’

New Office
CG Motors
Garima Development Bank

काठमाण्डौको कमलपोखरीमा मुख्य कार्यालय रहेको सो कम्पनीले देशका अन्य शहरहरुमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ । ‘हाम्रो उद्देश्य भनेको देशभरका लगानीकर्ता समक्ष क्यापिटल म्याक्सको सेवा सुविधा सहज रुपमा पुर्याउनु हो,’ उनले भने, ‘तसर्थ भोलीका दिनमा अझ परिस्कृति सेवा सुविधा लिएर लगानीकर्ता समक्ष आउने छौं ।’

विशेषगरी क्यापिटल म्याक्सले आफ्ना ग्राहकलाई सहजताको लागि अटो कोल्याटर लोड सुविधा अर्थात लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन भने आफुले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सकिने छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैगरी, कम्पनीले आफ्ना ग्राहकका लागि फ्रि मार्केट ओभरभ्यू, प्राविधिक विश्लेषण, चार्टिङ टुल्स, फण्डामेन्टल विश्लेषण टुल्स, फ्लोरसिट तथा ब्रोकर विश्लेशषजस्ता दर्जनौ सेवा सुविधा दिँदै आएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.